क्यान्सर जित्ने प्रेरणा बाढ्दै नेपाल मेडिसिटीमा “क्यान्सरसँगको लडाइँ” पुस्तक सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७७, सोमबार ०६:३२

ललितपुर । विश्व क्यान्सर सप्ताह २०२१को सन्दर्भमा नेपाल मेडिसिटी अस्पतालमा आइतबार प्रा.डा.मुरली रञ्जितद्वारा लिखित “क्यान्सरसँगको लडाइँ” पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । क्यान्सर भएको थाहा भए पश्चातका पछिल्ला पाँच वर्षमा भोगेका, देखेका, पढेका र सुनेका अनुभवका आधारमा प्रा.डा.रञ्जितले लेखन गरेको पुस्तकलाई उनको उपचारमा प्रमुख चिकित्सकका रुपमा संलग्न रहेका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मन र युरोलोजी विभाग प्रमुख डा. महेश बहादुर अधिकारी, केशव अमात्य फाउण्डेशनकी ट्रष्टी तारा अमात्य, अस्पतालका महाप्रबन्धक विजय रिमाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पु¥याउने अपेक्षा लेखक रञ्जितको छ । कार्यक्रममा क्यान्सरसँग लडिरहेका बिरामी, परिवार, स्वास्थ्यकर्मी र साहित्यिक एवम् सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

क्यान्सरको उपचारलाई आवश्यक चिकित्सक, उपकरण, र औषधिको उपलब्धता नेपालमा सम्भव रहेको विषयलाई आत्मसात् गर्दै सहज वातावरणमा उपचार गराउन आफु हरतरहले अग्रसर रहेको प्रतिक्रिया नेपाल मेडिसिटी अस्पतालका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मनले दिए ।

त्यस्तै, युरोजोजी विभाग प्रमुख वरिष्ठ युरोसर्जन डा. महेश बहादुर अधिकारीले औषधीमात्र नभई क्यान्सर रोगका बिरामीलाई हौसलाको पनि उत्तिकै खाँचो रहेको अनुभव सेयर गरे । हरेक समस्याका बिरामीका लागि आफू र आफ्नो टिम त्यस अनुकुलको वातावरण निर्माणमा सधै लागि परेकोमा उनले जोड दिए ।

त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले अस्पतालमा यस प्रकारको जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न पाएकोमा आफूहरुलाई खुशी लागेको प्रतिक्रिया दिए । भविष्यमा पनि यस किसिमको कार्यक्रममा साथ र सहयोग प्रदान गर्न तयार रहेको जानकारी उनले गराएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१