यी ५३ कर्मचारीसँग १० अर्ब १० करोडको सम्पत्ति !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७७, सोमबार ०६:२५

काठमाडौं । भनिएको छ स्थिर सरकार तर ध्याउन्न छ आर्थिक उर्पाजनमा । हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । अघिल्लो बर्षमात्र ३४१ कर्मचारी अख्तियारको फन्दामा परे । यस्तै ५३ कर्मचारीविरुद्ध अकुत आर्जनको चार्ज लागेको छ । अख्तियारले हालै सार्वजनिक गरेको ३० औं प्रतिवेदन अनुसार ती कर्मचारीसँगमात्र झण्डै १० अर्ब बराबरको रकमको स्रोत देखाउन सकेनन् अर्थात त्यो भ्रष्टाचारबाट आर्जन गरे । प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जनका १८ वटा मुद्धा केलाउँदा ५३ कर्मचारी फन्दामा परेका हुन् जसमध्ये ३२ पुरुष २१ महिला कर्मचारी छन् ।

कर्मचारीमध्ये गतबर्ष सबै भन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गर्नेमा अधिकृत ऋषिराम अर्याल रहेका छन् । उनी टोखा नगरपालिकाको कार्यकारी अधिकृत हुँदा अख्तियारले छानविन गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । उनले अनुसन्धान अवधिसम्म १७ करोड ८३ लाख ४१ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरिसकेका थिए । गैरकानूनी सम्पत्ति आर्जन गर्ने ५३ जनामध्ये बाँकी कर्मचारीका श्रीमती, सालासाली, जेठान लगायतका आफन्त हुन् ।उनीहरुको सम्पत्ति छानविन हुँदा आफन्तको नाममा सम्पत्ति लुकाएको भेटिएको थियो । नासु मदन प्रसाद गुप्तासँग १४ करोड ८१ लाख ८९ हजार रुपैयाँ भेटिएको जस्को स्रोत फेला परेको छैन् ।
यस्तै अकुत आर्जनमा डामिएका ललितपुर मालपोतका बद्रीराज ढकालसँग १० करोड २७ लाख ५८ हजारको स्रोत देखाउन सकेका छैनन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका हाकिम राजकुमार शाक्य १० करोड ७७ लाख ५० हजार सम्पत्तिको स्रोत देखाउन नसक्दा फन्दामा छन् ।
तातोपानीका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतसँग एक करोड ५ लाख ६९ हजार अकुत आर्जन भेटिएको छ । उनले आफूले आर्जन गरेको गैरकानुनी सम्पत्ति जेठान नवीन कुमार गौलीको नाममा समेत लुकाएर राखिएको अनुसन्धानबाट खुलेको छ । बस्नेतको जेठान गौलीसँग ९ करोड २१ लाख ५२ हजार रुपैयाँ राखेको भेटिएपछि उनीमाथि समेत अनुसन्धानको सुँई सोझिएको थियो ।
राजेन्द्र काफ्लेसँग ५ करोड ४३ लाख २७ हजार अकुत सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।
यस्तै अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानासँग चार करोड ६८ लाख ४८ हजार रुपैयाँ अकुत सम्पत्ति भेटिएको छ । चाबिहल मालपोतको जागिरे राजेन्द्र बस्नेत ८ करोड ९८ लाख ५८ हजार रुपैँया अकुत आर्जनको चार्ज छ ।

यसरी अकुत आर्जन गर्नेहरुमा कारागार कार्यलयका जेलर चिरञ्जिवी थापासँग १ करोड १३ लाख ६० हजार रुपैयाँ रहेको भेटिएको छ भने यस्तै सिडिइ जितेन्द्रकुमार चौधरीले ३ करोड ९९ लाख ४४ हजार रुपैयाँको स्रोत देखाउन सकेनन् । विमानस्थल भन्सारका राजकुमार ढकाल २ करोड २ हजार रुपैयाँको स्रोत देखाउन नसक्दा फन्दामा परेका छन् । मालपोतको लेखापाल युगल किशोर ठाकुर ३ करोड ४ लाख ९४ हजार रुपैयाँको स्रोत देखाउन सकेका छैनन् । यस्तै विद्युत प्राधिकरणका टहलबहादुर कार्की १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ सम्पत्तिको श्रोत देखाउन सकिरहेका छैनन् । सडकका इञ्जिनियर भरतराज आचार्य ३ करोड २१ लख ६२ हजारको स्रोत देखाउन नसक्दा विशेष अदालतमा मुद्धा खेप्दैछन् । उस्तै अर्काे इञ्जिनियर चन्द्र नारायण यादवको हाल छ उनले पनि एक करोड ८५ लाख ११ हजार भ्रष्टाचार गरी आर्जन गरेका छन् अर्काे सि डि ई पूर्ण प्र उपाध्याय ३ करोड १० लाख २७ हजार रुपैयाँ अकुत आर्जन गरेको अख्तियारको चार्ज छ । यस्तै २ करोड २५ लाख सम्पत्तिको स्रोत खुलाउन नसक्दा जितेन्द्रराज शाक्य फन्दामा परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१