गोकर्णेश्वर नगरपालिकाको आयोजनामा नगर कप बास्केटबल प्रतियोगिता माघ २८ बाट सुरु हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७७, सोमबार ०६:२१

काठमाडौं । गोकर्णेश्वर नगर कप बास्केटबल प्रतियोगिता माघ २८ गतेबाट सुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा गोकर्णेश्वर नगर छात्र/छात्रा(अण्डर-१६) बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । आइतबार  पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगिता लिम्पिया नेशनल स्कुल/कलेज नयाँबस्तीमा हुनेछ ।

नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसालले गोकर्णेश्वर नगरपालिका भित्रका १६ वर्ष मुनीका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता राखेको जानकारी दिए । उनले नगरपालिकाका भर खेलका विभिन्न विधाहरुलाई समेटेर लैजाने बताए । खेल संरक्षक समेत रहेका रिसालले नगरपालिका भित्रबाट राष्ट्रिय स्तरका खेलाडी बनाउने लक्ष अनुरुप यू–१६ बास्केट बल प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उनले भने ‘हामीले यस गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय टिममा कम्पीटिटर बनाउने लक्ष लिएर विभिन्न खेल आयोजना गरिरहेका छौं । अहिले विद्यालय स्तरबाट लगेर विस्तारै यसलाई बृहत बनाउने छौं । छात्रा र छात्र दुवैलाई खेल क्षेत्रमा ल्याउने उदेश्य अनुरुप खेल आयोजना गरेका हौं ।’

गोनपा –५ वडाध्यक्ष नारायणबहादुर सुवेदीले आफ्नो क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय टिममा पु¥याउन कै लागी आफ्नो वडामा पनि खेलकुदका कार्यलाई प्राथमिकता दिने बताए । उनले आफुहरुकै पालामा नगरस्तरीय कभड हलको समेत निमार्ण गर्ने कार्यमा जुटेको बताए ।

त्यस्तै नगरपालिका खेल संयोजक संजय लामाले आफ्नो कार्यकालमा सबै विधाका खेलकुदहरुलाई क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले खेल क्षेत्रबाट देशको नाम कहलाउन सकिने भन्दै खेल क्षेत्रलाई समेत सरकारले अझ विशेष महत्व दिएर अगाडी लैजानु पर्ने बताए ।

लिम्पिया नेशनल स्कुल–कलेजका प्रिन्सीपल मदनराज रेग्मीले खेलकुदकै माध्यमबाट राष्ट्रिय पहिचान अझ झल्कने भन्दै खेलकुदलाई विकास विस्तार गर्ने कार्यमा आफ्नो विद्यालय÷कलेज सधैव अग्रसर रहेको बताए । उनले प्रतियोगीहरुलाई खाजा र प्रतियोगिता स्थल उपलब्ध गराउँन पाउँदा खेलक्षेत्रमा केही हदसम्म भएपनि सहयोग गर्ने मौका मिलेको उल्लेख गरे ।

गोकर्णेश्वर नगरपालिका बास्केटबल संयोजक राजेन्द्र लम्सालले प्रतियोगितामा १८ पुरुष र १० महिला टिमको सहभागी रहेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता ८ दिनसम्म चल्ने छ भने यू–१६ अन्र्तगतको खेलमा १ टिममा १२ –१२ जनाको संख्या रहने छ । प्रतियोगिता नकआटक चरणको फिफा बास्केट बलको आधारमा खेलाइनेछ ।

संयोजक लम्सालले आगामी राष्ट्रिय स्तरमा हुने बास्केटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट समेत प्रतिनिधित्व गराउने लक्ष सहित यो प्रतियोगिता राखिएको बताए । उनले प्रतियोगितामा विजयी टिमलाई ट्रफी,मेडल प्रमाणपत्रसहितको पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । खेल लिम्पिया नेशनल स्कुल–कलेजको खेल मैदानबाट सुरु हुनेछ भने समापन पनि सोही स्थानमै हुने छ । केही प्रतियोगिता बौद्ध इन्टरनेशनल कलेज र बौद्ध एकेडेमीमा पनि हुने छ ।limpiya nation acollege

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०