काठमाडौं । क्यान्सर केयर नेपालको केन्द्रीय कार्यसमितिले मुकुन्द ढुंगानालाइ महासचिवमा मनोनयन गरेको छ ।
सिता थापा भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको महासचिवमा बरिष्ठ पत्रकार ढुंगानाले जिम्मेवारी पाएका छन्। क्यान्सर केयर नेपालको हुन गैरहेको वार्षिकोत्सवको अबसरमा सस्थामा बिसेष र बरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्ति गरिने महासचिव ढुंगानाले बताउनुभयो ।
क्यान्सर केयर नेपालले क्यान्सर संग जुधिरहेका धेरै व्यक्तिहरुलाई सहयोग साथै कोरोना महामारी ,बिनासकारी , शिक्षा, स्वास्थ, महिला तथा पिछडिएको वर्गहरुलाई सहयोग गरि महत्वपूर्ण कार्यहरुमा समेत ठुलो आर्थिक सहयोग गर्दै सर्हानिय भूमिका सस्थाले खेल्दै आएको स्मरणीय छ।
प्रतिक्रिया