ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा गल्ती महशुस भएको छः प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७७, आईतवार ०४:५४

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा अहिले गल्ती महसुस भएको बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “‘यो प्रवृत्तिलाई बेलैमा रोक्न किन सकिएन ? हामी आत्मसमीक्षा गर्छौं । आफ्नै पार्टीको अध्यक्ष र आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्रीले झण्डै ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धीलाई एकैपटक घनले हानेपछि हामी मर्माहत भएका छौं ।”

उनले आफूहरु अहिले गम्भीर आत्मसमीक्षातिर रहेको बताए । आफूहरु कसरी संविधानको रक्षा गर्ने भन्ने चिन्ताका साथ लागिपरेका बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया पहिलेदेखि नै नभएको भन्दै बीचमा सुध्रिएको ठानिएपनि घटनाक्रमले सच्चिएको नपाइएको बताए ।

उनले ओलीको पक्षमा पार्टीदेखि संसदसम्म कहिँकतै पनि बहुमत नरहेको भन्दै अल्पमतमा रहेपनि उनले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेको बताए । उनले प्रजातन्त्र भनेको बहुमतको शासन र अल्पमतको प्रतिपक्ष हुने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१