पर्यटन बोर्डमा थपिए तीन सदस्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७७, शनिबार ०५:१९

काठमाडौं । नेपाल पर्यटन बोर्डले पूर्णता पाएको छ । रिक्त रहेका तीन सदस्यको नियुक्तिसँगै बोर्डले पूर्णता पाएको हो ।

नियुक्त हुनेहरुमा चन्द्रप्रसाद रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाह रहेका छन् । धादिङका रिजाल टानका पूर्वअध्यक्ष हुन् । शेर्पा र शाह पयर्टन व्यवसायी हुन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उनीहरु जीनैजनालाई बोर्ड सदस्यहरुलाई नियुक्त गर्दै बोर्डलाई पूर्णता दिएका हुन् ।

पर्यटन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको नेतृत्वमा रहेको सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । समितिले रिजाल, शेर्पा र शाहसहित हरिभक्त श्रेष्ठ र सिएन पाण्डेलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१