काठमाडौं । संवैधानिक आयोगहरुमा भएको नियुक्तिबारे सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको हो । इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकूल हुने गरी संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।
प्रतिक्रिया