सत्ता लम्ब्याउन ओलीले चुनावको नाटक गरेको अध्यक्ष भट्टराईको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७७, शुक्रबार ०५:०१

संखुवासभा। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरेको आरोप लगाएका छन ।

संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन ।

प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए ।

उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’

प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर ओलीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि आरोप लगाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१