लाइट हाउस पार्कमा नेवा गुठीको पिकनिक (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार ०८:१४

गीता खत्री, न्यूयोर्क ।
विजया दशमी २०७१ को आरम्भ नेपालभरि पितृहरुको सम्झना स्वरुप गरिेने सोह« श्राद्धबाट शुरु भइनै सकेको छ । नेपालीहरुलाई दशैको पर्वले चटारो पारिनै सकेकोछ । प्रवासमा बस्नेहरुले आफ्नो परम्परालाई कहां बिर्सन सक्छन् र । सक्ने र भ्याउनेले विदानै लिएर पितृहरुको सम्मान गर्छन, नभ्याउनेहरुले पितृहरुको सम्झनामा मन्दिरमा गएर उनिहरुको नाममा तर्पण दिने गर्छन् । 984206_10152744640330429_5934565662626862161_n
विजया दशमी २०७१ लाई न्यूयोर्कमा निम्त्याउन आज सेप्टेम्बर २१, २०१४ आइतबारका दिन न्यूयोर्कको नेवा गुठीले न्यूयोर्कको रुजभेल्ट आइल्याण्डमा रहेको लाइट हाउस पार्कमा भव्य पिकनिकको आयोजना गरेको थियो । उक्त अवसरमा नेवा गुठीका कार्यसमितिका सदस्यहरु तथा रहर भएकाहरुले विभिन्न प्रकारका खानाहरु बनाएर ल्याउनु भएको थियो । यसै अवसरमा आगामी म्हः पुजाको कार्यक्रमको कार्यतालिका छिट्टै जानकारीमा आउने कुरा पनि अवगत गराइयो । गुठीका सदस्यहरुले आफुले बुझाउनु पर्ने शुल्क समयमै सबैले बुझाइ दिनु भएमा कार्यक्रम आयोजना गर्न सजिलो हुने जानकारी पनि गराइएको थियो । केही समय गीत र संगीतको आयोजना गरेर पिकनिकमा रौनक थपिएको थियो । 10347182_10152744640990429_1302793331585060514_n
यसरी नेवा गुठीले आप्रवासमा पनि नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्न हरेक साल गरेको प्रयासको लागि सहना गर्नु पर्छ । आगामी बर्षको कार्यक्रम यो भन्दा बढी कार्यक्रमहरु सहित आएमा अझ राम्रो हुने तथा नेपाल र नेपाली परम्परालाई अन्य मुलुकका मान्छेहरुले चिन्न सक्ने थिए । यस कुरामा ध्यान दिन नेवा गुठीका कार्यकारी सदस्यहरुलाई हाम्रो सामुहिक अनुरोध पनि हो । यस कामका लागि हामी सदैव उहांहरुको साथमा छौ । 10659448_10152744640985429_3482744609330856306_n

प्रतिक्रिया