आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७७, बिहीबार ०५:२०

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन ।

बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दै उनले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको समेत दाबी गरे ।

उनले आफुहरु नै आधिकारिक नेकपा भएको भन्दै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अब पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१