चुनाव गराउन निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब ७ करोड (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७७, बिहीबार ०५:१३

काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका लागि ७ अर्बभन्दा बढी रकमको माग गरेको छ । निर्वाचन आयोग ऐनको दफा २७ र २८ अनुसार बजेट माग गरिएको आयोगले जनाएको छ ।

आयोगले हिजो निर्णय गरेको र सोहीअनुसार आज मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट माग गरेको छ ।

सरकारले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१