खेलकुदसंग प्रधानमन्त्री: प्रशिक्षक एवं खेलाडी चयन गर्दा स्वर्ण पदकलाई प्राथमिकतामा राख्नुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७७, बुधबार ०४:२५

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पक्षपात नगरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसंग प्रधानमन्त्री विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षपात विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको पनि स्पष्ट पारे । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रमा राज्यको लगानी बेकार र अनुत्पादक नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले जीतका लागि अतिआवश्यक, अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । आगामी बर्ष खेलकुद बजेट पहिलेको भन्दा बढेर आउने पनि बताए । उनले नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए । कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै उनले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास पनि व्यक्त गरे । उनले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धाका लागि मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकारले खेलकुदमा लगानी बढाए परिणाम पनि राम्रो निस्कने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१