जघन्य अपराधमा पक्राउ परेका आलमको आतंक : जेलबाटै चलाउँछन् धम्कीको धन्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७७, बुधबार ०४:१९

काठमाडौं । रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर नर सम्भार गरेको जघन्य अपराधमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि ललितपुरको नख्खु जेलमा छन् । तर उनले आफ्नो धन्दा जेल बाटै चलाउँदै आएका छन् ।

यतिसम्म कि उनले गरेको पापको बारेमा थाहापाएका ब्यक्ति र पीडितको पक्षमा वकालत गर्ने अधिवक्ताहरुलाई खरिद गर्न खोज्ने, लोभ लालच देखाउने र त्यतिले पनि नमाने ज्यान जाने सम्मको धम्कि दिएको सुचना बाहिर आएको छ । पीडितको पक्षमा वकालत गर्ने अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रशासन कार्यालय रौतहटमा २०७७ पुस ८ गते आफ्नो ज्यु ज्यानको सुरक्षा गराई पाउ भन्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता भएको अधिवक्ता पौडेलको निबेदनमा के छ जस्ताको तस्तै हेर्नुहोस :No description available.

हो निवेदक अधिवक्ता पुष्पराज पौडेलको निवेदनले यो प्रष्ट पारेको छ कि नारा सम्भारका नाइके अर्थात नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमले नख्खु जेलबाटै खेताला खटाएर पीडित, पीडितको परिवार, साक्षी र पीडितको पक्षमा वकालत गर्ने अधिवक्ताहरुलाई धम्क्याई रहेका छन् ।

जेल सुधार केन्द्र कि धम्की केन्द्र ?

जेल भनेको अपराधिलाई सजाय दिने ठाउँ मात्र होइन सुधार गृह हो तर रौतहट बम काण्डका मुख्य अभियुक्त मोहोमद अफताब आलमल डेढ वर्ष जेल बस्दा समेत अझै सुधारीएका छैनन् उनले जेल भित्रै बाट अहीले पनी उही पुरानै धन्दा चलाउछँन् र पीडितलाई धम्की दिदै थप आतंक मच्चाइरहेका छन् ।

राजधानीको निकै कडा सुरक्षा घेरा नेपाली सेना र नेपाल प्रहरीकोे निगरानीकमा रहेको नख्खु कारागारमा पुरपक्षको लागी थुनामा रहेका आलमको हर्कत एस्तो छ कि पीडितलाई थप पीडा दिँदै पीडितको घाउमा महलम लगाउन बनेको कानुनकै धज्जि उडाएका छन् आलमले ।

कारागार भन्छ- श्रीमती र छोराहरुसँगमात्र भेट

कारागारका अनुसार उनले श्रीमती र छोराहरुसँग मात्रै भेटघाट र फोनमा कुरा गर्छन तर छोराको माध्यम बाट उनले पीडितलाई आर्थीक प्रलोभनमा पार्ने र नभए आतंकीत बनाउने काम गरे । तर कारागार प्रसाशन यसो भनीरहेको छ की बाहीर अरु मार्फत डर धम्की र त्रासकमा पार्ने त्यस्तो गतीविधी गरेको भए पनी कारागारबाट भएको छैन ।

छोराहरुसँग मात्रै भेटघाट र कुरा गरेको कारागार प्रमुखकै भनाइ आधार मान्ने हो भने पनी उनले भाइ भन्ने डा. साब सम्बोधित र आफ्नै कान्छो छोरा लगाएर आफ्नो विपक्षमा बहस गर्ने कानुन व्यावसायिलाई सके आर्थीक प्रलोभनमा पार्ने नसके ज्यान मार्ने धम्की दिए ।

उनीहरुले यसो भने उनीहरुकै भाषामा, ‘वकिल साव कसैको जीवन बर्बाद पार्ने गरी लाग्नुहुन्छ भने हामीले पनि छाड्ने छैनौ भन्दै धम्क्याए । अदालतमा मुद्दा चलिरहेका बेला कारागार भित्रै बसेर कारागारको मर्यादा विपरीत यस्तो हर्कत देखाउने आलमले आफुले गरेको अपराधको ढाकछोप गर्न थप बल पुर्‍याई रहेका छन् । आलमले आफ्नो मुद्दाको फैसला नजिकिँदै गर्दा पछिल्लो समय कांग्रेसका नेतासँग भेटघाट बाक्लो बनाएका छन् । देशका ठुलठुला काण्डमा चु नबोल्ने कांग्रेस नेताहरु एउटा अपराधीलाई जोगाउन हात धोएर लागी परेको देख्दा लाग्छकी राजनीतीनै अपराधीलाई सितल दिने एक मात्रै छाहारी हो । हैन भने नख्खु कारागारका जेलरको यो भनाइ हेर्नुहोस कसरि साथ दिदैछन् कांग्रेसका नेताहरु सामुहिक र क्रुर हत्याका मुख्य नाइके आलमको ।’

नख्खु कारागारकमा अहीले कैदी ७ सय १९ र पुरपक्षको लागी थुनामा रहेका ७ सय ३६ सहित १ सय २२ जना विदेशि कैदीबन्दी गरी १ हजार ५ सय ७७ जना कैदीबन्दी रहेका छन् । आलम जस्तै कर्तव्य ज्यान मुद्धामा थुनामा रहेका ७९ जना छन् । तर आलमले राजनीतिक बलकै आडमा १२ वर्ष सम्म लुकाएको अपराधको कालो कर्तुत यती बेला लुकाएर लुक्दैन ।

जेल भित्र रहेका आलमले आफुले गरेको अपराधलाई लुकाउन तानाबाना बुन्छन भने आलम जस्तै राजनीतिक आबरणमा जघन्य अपराध गर्ने हाइ प्रोफाइल अपराधीहरुले समाजमा कस्तो आतंक फैलाई रहेका होलान सहजै कल्पना गर्न सकिन्छ । जिउँदै मान्छेलाई टुक्रा टुक्र पारेर ईटाभट्टामा हालेर खरानी बनाउने क्रुर सामुहीक हत्याका नाईके आलम कारागार बस्दा अस्वस्थ भएको भन्दै साधरण तारिखमा छोड्न भन्दै उनीहरुले न्यायलयलाई समेत प्रभावमा पार्न खोजिरहेका छन । तर अपराध लुक्दैन र न्याय कहिले पनि मर्दैन ।

के थियो घटना ?

नेपाली कांग्रेसका चर्चित नेता र पुर्व मन्त्रीको परिचय फेरेर सामुहिक हत्याको हाइ प्रोफाइल मुख्य अभियुक्तको परिचय बनाएका मोहम्मद अफताव आलमको जन्म वि.सं.२०१९ साल आषाढ ५ गते रौतहट जिल्लाको राजपुर फरहदवा मा भएको हो । बुबा मोहम्मद र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन्। विज्ञान संकायबाट स्नातक तह सम्मको अध्ययन गरेका आलम २०३४ साल तिर बाट राजनीतिमा प्रवेश गरेका हुन् ।

पहिलो संविधानसभा निर्वाचनका बेला रौतहट २ बाट कांग्रेस उम्मेदवार रहेका मोहम्मद अफताब आलमले संबिधानसभाको चुनाबमा बुथ क्यापचर गरि चुनाब जित्न बम बनाउने उद्योग गरेको र सोही क्रममा २०६४ चैत २७ मा राजपुर फरहदवामा बम बिस्फोट गराएको आरोपमा आलमलाई गिरफ्तार गरी ललितपुरको नख्खु कारागारमा राखिएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्ने योजना सहित मोहम्मद अफताब आलम र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए । फरहदवा अर्थात् अहिलेको राजपुर–२ स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोक प्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ को साँझ दुर्घटनावश बम विस्फोट भयो ।

बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए । उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पु¥याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । केहि युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिडेर ईटा भट्टामा हालिएको थियो जुन कुरा त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिएको छ ।

उक्त विष्फोट हुँदा २३ जना युवा घाइते भएका थिए । पोल खुल्ने डरले घाइतेहरुलाई ईंटा भट्टामा जिउँदै जलाएर हत्या गरिएको भन्दै मृतकका परिवारले आलम विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीमा आलमले चुनाव जित्नका लागि विपक्षी माथि आक्रमण गर्न बम बनाउने कारखाना खोलेको र सो क्रममा बम विष्फोटनमा परी बम बनाउने काममा संलग्न व्यक्तिहरु घाइते भएका थिए र ती घाइतेलाई सामुहिक रुपमा ईटा भट्टामा जिउदै जलाएर हत्या गरिएको भनी पीडित पक्षले प्रहरी समक्ष जाहेरी दिएका थिए ।

तर, प्रहरीले आलम विरुद्धको सो जाहेरी लिन नमानेपछि नेपाल बार र मानव अधिकार आयोगको रोहवरमा पीडित परिवारले हुलाक मार्फत जाहेरी पठाएका थिए । जिल्ला प्रहरी कार्यालय, रौतहट, गौरका तात्कालिन कार्यालय प्रमुख प्रहरी उपरीक्षक जयबहादुर चन्दले बम काण्डसम्बन्धी मुद्दाको व्यहोरालाई कपोल कल्पित भनेका थिए । उनले आलम बिरुद्ध परेको मुद्दा खारेज गर्नुपर्ने व्यवहोराको पत्र अदालतमा पठाएका थिए ।

सरकारी वकिलको कार्यालयले ०६५ जेठमा जाहेरी खारेज गर्दै मुद्दा नचलाउने निर्णय गरेपछि महान्याधिवक्ताको कार्यालयले मुद्दा सदर गरेको थियो । ०६५ असारमा महान्याधिवक्ता र सरकारी वकिलले मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेको भन्दै खारेज गरेपछि पीडित पक्ष त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गरीपाउँ र आलमबिरुद्ध मुद्दा चलाउनका लागि परमादेश गरी पाउँ भन्दै पीडित पक्ष पुनः अदालत गएका थिए । यो प्रकरणमा प्रहरी कति असहयोगी देखिएको थियो भने जति गर्दा पनि प्रहरीले मोहम्मद अफताब आलम बिरुद्धको जाहेरी लिनै मानेको थिएन । त्यसपछि पीडित पक्षले आलम बिरुद्धको जाहेरी हुलाक मार्फत दर्ता गराएका थिए ।

नेपाल वार एसोसिएसन, इन्सेक र मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गर्दा पनि सम्बन्धित निकायले अपराधको अनुसन्धान नगरेपछि पीडितहरूले सर्वोच्च अदालतको ढोका ढक्ढकाएका थिए । सर्वोच्च अदालतले २०६९ जेठ महिनामै यो घटनाको गम्भीर अनुसन्धान गर्न आदेश दिएकोमा गत २०७६ असोज २६ गते पूर्वमन्त्री आलमलाई प्रहरीले पक्राउ गरेको छ । कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले गौरमा आयोजना गरेको चियापानमा सहभागी हुन जाँदै गर्दा आलमलाई पक्राउ गरिएको थियो ।

२०५३ सालदेखि नै लगातार चुनाव जित्दै आएका रौतहटका मोहम्मद अफताब आलमको आखिर ताकत के हो त रु उनका प्रतिद्वन्द्वी समाजवादी पार्टीका नेताहरु भन्छन् मोहम्मद अफताब आलमको चुनाब जित्ने ताकत भनेको ‘गुण्डागर्दी’, डर धम्की हो र यसैको भरमा उनले चुनाब जितिराखेका थिए।

अधिकांश मुस्लिम मतदाताको बाहुल्यता रहेको ठाउबाट चुनाब लड्ने आलमका धेरै मुस्लिम मतदाता रहेका छन् उनैलाई प्रभाब र अन्य बिपक्षि मतदातालाई दबाबमा पारेर चुनाब जित्नु उनको ताकत हो । अफताव आलम चुनावी राजनीतिमा आएदेखि उनका क्षेत्रका अधिकांश मतदाताले कहिल्यै मतदान गरेका थिएनन् किनभने मतदाताको भोट आलमका कार्यकर्ताले खसालिदिन्थे ।

जानकारहरु भन्छन् अफताब आलमका मान्छेहरु आएर तपाईको भोट हामी खसिली दिन्छौं, तपाईहरु मतदान केन्द्र जानु पर्दैन भनि थर्काएर जान्थे र सबै भोट अफताब आलमको चुनाब चिन्हमा हाल्थे । चुनावको समयमा आलमका कार्यकर्ताले मतदान कसलाई गर्ने भनेर सोध्दै जाने र त्यस क्रममा ज–जसले आलमलाई मतदान गर्छु भन्थे, उनीहरुलाई आलमका कार्यकर्ताले तपाई मतदान केन्द्र जानुपर्दैन भन्थे र मत आलमका कार्यकर्ताले नै खसाउँथे । आलमका कार्यकर्ताले बुथ कब्जा गरेर अरुको नामबाट मतदान गर्थे र त्यसरी नै आलमले चुनाव जित्थे । चुनावका समयमा अचानक नयाँ नयाँ व्यक्तिहरु मत माग्न आउथे, धम्काउँथे, गाली गर्थे अनि चुनाव सकेपछि फेरि ती व्यक्तिहरु हराउँथे ।

२०६४ सालको सविधानसभा चुनावमा बुथ क्याप्चर गर्नका लागि बम बनाउँदा बनाउँदै विस्फोट हुँदा मृत्यु भएका अधिकाँश भारतीयहरु थिए । दुईजना मात्र नेपाली थिए । यसैबाट पुष्टि हुन्छ कि अफताव आलमले गुण्डा कहाँबाट ल्याउँथे । दोस्रो संविधानसभा चुनावमा पनि अफताब आलमले बुथ कब्जा गर्ने प्रयास गरेका थिए तर उनकै भान्जा मुस्ताक आलम चुनावी मैदानमा भएको कारण अफतावले चुनाव हारेका थिए ।

अफताव आलम पटक–पटक मन्त्री भए, तर विकास कहिले गरेनन् । मुस्लिम बाहुल्य क्षेत्रका जनता अशिक्षा र गरिबीबाट आक्रान्त छन् । रोग र भोक त्यहाँ मुस्लिम समुदायका लागि नौलो छैन । विकास नभएको कुरालाई लिएर अफतावमाथि गुनासै गुनासा छन् । कतिपयले भन्छन् गिरिजाप्रसाद कोइरालाको आशिर्वादले अफताव त्यति शक्तिशाली भएका थिए । गिरिजाको निधन भएपछि उनको शक्ति विस्तारै विस्तारै कमजोर हुँदै गइरहेको छ र उनी चुनाब जित्न अनेक अपराधिक क्रियाकलापको प्रयोग गर्छन्। पहिलो सविधानसभा चुनावमा भएको बम बिस्फोटको घटनापछि आलम लुक्दै छुप्दै हिडिरहेका थिए तथापि उनी प्रहरीको निगरानीमा थिए नै । आफ्नो राजनीतिक पहुँचको आधारमा पटक पटक पक्राउ बाट जोगिदै आएका आलमलाई पक्राउ गर्न एसपी भुपेन्द्र खत्री सरुवा भएर रौतहट पुगेपछि अफताब आलममाथि कडा निगरानी कडा गर्दै प्रमाण संकलनमा लागेका थिए र उनी २०७६ असोज २६ समातिएका थिए ।

उता आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे । उनले आलमविरुद्ध जाहेरी दिए । जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए । उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, जेलभित्रैबाट आलमले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन्, धम्काइ राखेका छन् ।

बयान फेर्न बाध्य पारियो

त्यति मात्र धेरैले आलमको डर र प्रभाबका कारण बयान समेत फेरेका छन् । जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन । जाहेरीमा बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन्, बयान फेरेका छन् ।

२०६४ चैत २७ मा बम विस्फोट हुँदा सफी अहमदले आफु भारतको पन्जाबमा काम गर्न गएको र त्यहाँ रहँदा आफुले खेती किसानको काम गर्ने र खुट्टामा भएको खाटालाई भने उनले कोदालो चलाउँदा लागेको चोटको दाग बताएका छन् । मुख्य अभियुक्त अफताब आलम, उनका भाइ महताब लगायत लाई आफूले नचिनेको बयान उनले दिएका थिए । सफीको जिल्ला अदालतमा तीन दिनसम्म बयान चलेको थियो ।

जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २०६४ चैत २७ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए । अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका थिए । सफीले आफू घर आएको प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगी थुनामा राखेर कुटपिट गरेको र उनीहरूले नै झुटा कागजात बनाएर जबर्जस्ती कागजातमा हस्ताक्षर गर्न लगाएको बताएका थिए  ।

पक्राउ परेपछि आलमले जाहेरी दिने सफी अहमद र श्रीनारायण सिंह तथा सरकारी साक्षी बनेका समसुल मियाँ र उनकी छोरी अमना खातुनलाई प्रभावमा पार्न सुरु गरेका थिए । श्रीनारायण बाहेक तीनैजना प्रभावमा परिसकेका छन् । यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आलमकै दबाब र प्रभावमा परेर तीनजनाले बयान फेरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१