काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा विघट्नविरुद्ध आज सम्पन्न गरेको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् । काँग्रेसका १३ वटा भ्रातृ सङ्घले संसद् विघटनको कदमविरुद्ध आज ७७ वटै जिल्लामा संयुक्तरुपमा विरोध प्रदर्शन सम्पन्न गरेका छन् ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका छन् । उनले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संस्था र पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यका साथै सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन् । काँग्रेसले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने सञ्चारकर्मीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया