प्रम ओली र राष्ट्रपतिबीच भेटवार्ता, के भयो छलफल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७७, सोमबार ०५:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गरी भएका नियुक्तीका बिषयमा छलफलका लागि राष्ट्रपतिसँग भेट भएको बताइएको छ ।

मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरी अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो ।

उक्त सिफारिस प्रम ओलीको ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले गरेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएका थिएनन् । संसदको नियमावलीअनुसार संसदले प्रत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वतः नियुक्ति हुने प्रावधान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१