काठमाडौँ ,६ असोज । नेपालको घुम्नैपर्ने १३ गन्तब्य हलेसीधाम हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ। हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ। जुन खोटाङको महादेवस्थान–४ मा पर्छ।! हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ। गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन्। गुफाका मूर्तिलाई धर्मपिच्छे फरक–फरक नाउँले पुजिन्छ। हिन्दुले पार्वती मानेकोलाई बौद्धमार्गी आयुकलश भन्छन्। ! दुइटा ठुला गुफा छन्। वरपर अरू गुफा। गुफामा आ–आफ्नै हिसाबले पूजा गर्छन्। बत्ती बाल्छन्। ध्यान गर्छन्। हलेसी गुफा पहरामा छ। गुफामा महादेव बास भएको हिन्दु मान्यता छ। गुफाभित्र थरीथरीका मूर्ति। शिवलिंग, गणेश, कुमार र पार्वती। र, चमेरा। ! किरातीका पुर्खा रैछाकुलेलेे गुफा पत्ता लगाएका हुन्। उनीहरू हलेसीलाई पितृ मान्छन्। हलेसीमाथिको तुवाचुङ डाँडा रमणीय छ। ! बौद्धमार्गीका अनुसार हलेसीमा बसेर ध्यान गरेपछि गुरु पद्मसंभव चिरञ्जीवी बने। गुफा छेउमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ। गुम्बामा शाक्यमुनि गौतम बुद्ध, अवलोकितेश्वर र पद्मसंभवका मूर्ति छन्। ! हलेसी गुफा पश्चिमपट्टि बसाहा गुफा छ। त्यसको पल्लोछेउमा पुगेर हेर्दा माथि आकाश खुला देखिन्छ। गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन्। बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत। डाँडा ध्वजापताकाले रंगीन। ! गुफामा बुद्धपूर्णिमा, लोसार, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी, तीज, उभौली र उधौलीमा मेला लाग्छ। ! हलेसीमा नेपाली सामान्यत एक रात बस्छन्। त्यहाँ मध्यम खालका होटल छन्। पानीको समस्या छ। होटल रोयल, डुङदेलो रिसोर्ट, शिवदर्शन गेस्ट हाउस, अनिता होटल, जगत होटल, हरि राई होटल, बस्नेत होटल आदि राम्रा मानिन्छन्। गुफा नजिकैसम्म मोटर चल्छ। हलेसीसम्म बाटो पक्की छैन। घुर्मी तरेपछि उदयपुर र ओखलढुंगा जोड्न सुनकोसी र दूधकोशीको जयरामघटमा पक्की पुल छैन। बर्खा सकिएपछि अस्थायी पुल हालिन्छ।! खल्तीमा छ हजार रुपैयाँ बोक्यो भने बसभाडा र दुई रात हलेसीमा बिताउन पुग्छ। फर्कंदा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक र मास कोसेली ल्याउने। कसरी पुग्ने : काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमि। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन्। जीपमा १० घन्टा।! उज्यालो भविष्य मदन राई संस्थापक, खोटाङ विकास मञ्च सगरमाथा, लुम्बिनी र त्रिवेणीधाम हेर्न संसारका पर्यटकलाई तान्न सकिन्छ। भोलि संसारभरका हिन्दु, बौद्धमार्गी र प्रकृतिपुजक हलेसीमा ओइरिनेछन्। त्यो दिन कल्पना गरेर हामीले पूर्वाधार विकास गर्नुपर्छ। सरकारले बेलैमा जग्गा अधिग्रहण गर्नुपर्छ। व्यवस्थित बसपार्क र होटल खुल्नुपर्छ। पर्यटकलाई हलेसी वरपर घुमाउने वतावारण बन्नुपर्छ!
प्रतिक्रिया