नेकपा बुढानिलकण्ठको अध्यक्षमा डंगोल,कुन वडामा को अध्यक्ष ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७७, आईतवार ०५:४५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को अध्यक्षमा प्रदिप डंगोल चयन भएका छन। नेकपा बुढानिलकण्ठ नगर कमिटीको माघ १६ गते बसेको बैठकको निर्णयलाई माघ १७ गते वडा नं १३ चुनिखेलमा भएको भेला तथा सपथ ग्रहण कार्यक्रमले अनुमोदन गरे संगै डंगोल नगर कमिटी अध्यक्ष बनेका हुन्। बुढानिलकण्ठ नगर कमिटी र वडा कमिटीहरुमा सिफारिस गरेका १३ वटै वडाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले सपथ लिएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए।

नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल ,नेकपा केन्द्रीय सदस्य दिपक निरौला,नेकपा केन्द्रीय सदस्य उद्दव खरेल ,नेकपा केन्द्रीय सदस्य सुन्दर पुर्कुटी  ,बुढानिलकण्ठ उपप्रमुख रमा राई ,जिल्ला सचिवालय सदस्य संगम गहतराज ,विदुर विक्रम खड्का ,मिठाराम अधिकारी ,जिल्ला सदस्य अनिता लामा ,लक्ष्मी संग्रौला ,बागमती प्रदेस प्रचार सचिव धुर्व घिमिरे लगायत अतिथि रहेको कार्यक्रममा थप नगर कमिटी सदस्य सहित १३ वटै वडा कमिटीहरु घोषणा गरिएको थियो।

कुन वडामा को अध्यक्ष :

वडा नं १ : हरि भारती

वडा नं २: राजेन्द्र श्रेष्ठ

वडा नं ३: गणेश कुँवर

वडा नं ४: कमला पन्त

वडा नं ५: नारायण दुलाल

वडा नं ६ : प्रशान्त डंगोल

वडा नं ७: मंगलदास महर्जन

वडा नं ८: बिनोद थापा

वडा नं ९ : दिलिप थिंग

वडा नं १० : जगत प्रसाद निरौला

वडा नं ११ :कृष्ण भट्टराई

वडा नं १२ :शंकर भट्टराई

वडा नं १३ :टिकेस नारायण श्रेष्ठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१