लोकप्रिय हुँदैछ यौन सम्बन्धको यो नयाँ तरिका ‘करिज्जा’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७७, शनिबार ०६:४२

यौन सम्बन्ध र सो को विभिन्न मुद्रा (आशन) को बारेमा लगभग हामी सबै जोडीले जान्दछौँ । तर, बितेका केही वर्षमा सेक्सको एक नयाँ तरिकाले स्थान जमाएको छ । सेक्स थेरापिष्टको बीचमा यो नयाँ सेक्स पोजिशनको अधिक नै चर्चा भएको पाइन्छ । यसको नाम हो ‘करिज्जा’ । जसको बारेमा अधिक चर्चा र जीवनलाई थप रोमाञ्चक बनाउन मद्यत दिने बताइएको छ ।

के हो करिज्जा ?
यो अत्यन्तै नरम र ढिलो ढाँचाको सेक्सुअल इंटरकोर्स हो । यसको मुख्य लक्ष्य आर्गेज्म प्राप्त गर्नमात्र नभएर साथीलाई आनन्दित चरणमा पुर्याउने पनि हुन्छ । यसले जोडी दुबैलाई आनन्दको चरणमा पुर्याउँदछ । करिज्जाको अर्थ हुन्छ प्रेम, स्पर्श । यो सेक्सको यस्तो स्टाइल हो जसमा स्पर्श, कनेक्शन र इंटिमेसी प्राप्त हुन्छ । यो आशनले पार्टनर्स आर्गेज्मलाई ढिला गर्न सक्छ ।

कसले गर्यो खोज ?
यो पोजिशनको खोज सन् १८४४ मा जोन हम्फ्री नेइस नामका अनुसन्धानकर्ताले गरेका थिए । यसको प्रमाण ‘द करिज्जा मेथड’ नामको किताव हो । जसले सेक्स विचारक र सिद्धान्तवादी जे विलियम लोयडले लेखेका थिए । हम्फ्रीले पोजिशनको खोज आफ्नो विवाहित जीवनको प्रयोगको आधारमा गरेका थिए ।

करिज्जाको पोजिशन र गर्ने स्टाइल
‘द करिज्जा मेथड’ नामको आफ्नो कितावमा लोयडले भने कि यस सेक्सको स्टाइललाई पछ्याउने समय पार्टनर ‘आई लव यू’ भनेर सुरुवात गर्ने र फेरि विस्तारै विस्तारै सम्पर्क बढाउँदै स्लो स्टाइलमा इंटरकोर्सतर्फ जाने । यो स्थितिमा पेनिट्रेशन एकदमै विस्तारै हुनुपर्दछ । र यहि तरिकाबाट आर्गेज्मको अवस्थासम्म नपुगोस् । यसो गर्दा केवल कपल्सको सेक्शुअल एक्सपीरियंस रोमाञ्चक बनिरहने मात्र होइन पार्टनरसँग कनेक्सन मजबूद पनि हुन्छ । करिज्जा पोजिशनको लागि कयौँ पोजिशन ट्राई गर्न सक्नुहुन्छ । जस्तो कि एक अर्काको साइडमा सपोर्ट लिएर वा एक अर्काको माथि बसेर ।

करिज्जाको फाइदा
यो सेक्स पोजिशन अत्यन्तै फाइदाजनक छ । यसमा किसिंगदेखि इंटिमेसी, एक अर्काको सपोर्ट र रिल्याक्स जस्ता कुराहरु समावेश हुन्छन् । यो सबै क्रियाकलापको कारण शरीरमा आक्सीटोसिन हार्मोनको मात्रा वृद्धि हुन्छ । यसको अलावा यो सेक्स स्टाइल हेल्थ सम्बन्धी कयौँ समस्यामा मद्यतकारी हुने गर्दछ जस्तो कि वजाइनल डिस्चार्ज, युरथ्राइटिस, यूटाइन प्रोलैप्स आदि । नवभारत टाइम्सको सहयोगमा ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१