ल्यापटपमा बढि तात्ने समस्यालाई कसरी हल गर्ने ? जान्नुहोस् ४ तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७७, शनिबार ०६:३६

laptop overheatingल्यापटपमा बढि तात्ने समस्यालाई कसरी हल गर्ने
यस्तोमा ल्यापटपको प्रयोग गर्दै गर्दा धेरै मानिसहरु अनेकन समस्यामा पनि पर्ने गरेका छन् । धेरै मानिसहरुले ल्यापटप तात्ने र आफैं अफ हुनेलगायतका समस्याहरु ब्योहोर्दै आएका छन् । धेरै तात्ने समस्या भएका कतिपयका ल्यापटप निकै छिटो पनि बिग्रिएका पाइन्छन् । आज हामी तात्ने समस्याबाट कसरी जोगाउने र आफ्नो ल्यापटप कसरी सुरक्षीत चलाउने भन्ने बारे केहि टिप्स दिँदैछौं । ल्यापटप तात्दा तात्दै धेरै चलाएको खण्डमा निकै छिटो पनि बिग्रने गर्दछ ।

जान्नुहोस् ल्यापटपमा छिटो तात्नबाट कसरी जोगाउन सकिन्छ ?
१. कुलिङ्ग किटको प्रयोग गर्नुहोस्
ल्यापटप धेरै तात्ने खालको छ भने तपाईंले तत्कालै कुलिङ्ग किटको प्रयोग गर्नुपर्ने हुन्छ । ल्यापटपको बनावटअनुसार कुलिङ्ग किटको प्रयोग गर्दा ल्यापटप कम तात्ने हुन्छ साथै ल्यापटपको ब्याट्रि पनि लामो समय टिक्ने हुन्छ ।

२. ल्यापटपको राख्ने ठाउँ ख्याल गर्नुहोस्
ल्यापटपले कुलिङ्गको तल्लो भागबाट चिसो हावा लिने गर्दछ । यदि यस्तोमा तल्लो भाग बन्द हुन पुग्यो भने ल्यापटपमा तात्ने समस्या बढि आउँछ । ल्यापटपको बढि तात्ने समस्या हल गर्न कुलिङ्ग किट नभए ल्यापटपको तल्लो भागमा किताब या कुनै काठको टुक्रा जस्ता कुरा राखी हावा खेल्ने बनाउन सकिन्छ ।

३. ल्यापटपको नियमित सफाई गर्ने
कहिले काँही ल्यापटपको हावा जाने ठाउँमा फोहोर वा धुलो जम्मा हुँदा धेरै तात्ने समस्या पनि आउँछ । त्यसकारण ल्यापटपलाई बेला–बेलामा सरसफाई गर्दा त्यस्तो समस्या हल हुन जान्छ ।

४. फ्यान बिग्रे तत्काल परिवर्तन गर्नु
ल्यापटपमा धेरै तात्ने समस्या ल्यापटपको फ्यानको खराबीको कारण पनि हुन्छ । यदि तात्दातात्दै धेरै चलाए ल्यापटप नै तत्कालै ड्यामेज पनि हुनसक्छ । यस्तोमा तपाईंले ल्यापटपको फ्यानलाई तत्काल परिवर्तन गरि ल्यापटपलाई सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१