”राष्ट्रिय महिला खेलाडीको गुप्तांग झल्किने पहिरनले हंगामा (फोटोफिचर र भिडियो सहित)”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार ०६:१४

cycle1आफ्ना पुरुष समकमक्षी खेलाडीहरुको सिको गर्दै कोलम्बियाको महिला साइकल टोलीले विवादास्पद खेल पहिरन सार्वजनिक गरेको छ । गुप्तांगको आकार झल्किने पहिरनका कारण सन् २०१० मा त्यहाँको पुरुष साइकल टोली विवादमा तानिएको थियो । सोही चर्चा र विवादलाई क्यास गर्दै महिला टोलीले पनि महिला गुप्तांगकै आकार झल्किने ‘किट’ सार्वजनिक गरेको छ । cycle2 मानिसकै जिउको रङसँग मिल्ने उक्त पहिरनमा गुप्तांग हुने क्षेत्रमा साँच्चीकै गुप्तांगकै आकार झल्काइएको छ । त्यसैले उक्त पहिरन लगाएका महिला साइक्लिस्टलाई झ्वाट्ट हेर्दा उनीहरु निर्वस्त्र छन् जस्तो लाग्छ । cycle3 राष्ट्रिय महिला साइकल खेलाडिहरुको यस्तो पहिरन प्रस्तुतीले विश्व साइकल खेलमै तरंग उत्पन्न गरिदिएको छ । अन्य देशका विश्वस्तरीय साइकल खेलाडिहरुले यसको आलोचना गर्दै कोलम्बियाली खेलाडिहरुले साइकललाई जोक बनाएको आरोप लगाउँदै यस्तो कृत्य अस्विकार्य हुने बताएका छन् । अन्तराष्ट्रिय साइकल युनियनले पनि कोलम्बियाली साइकल टोलीको यस्तो आपत्तीजनक पहिरनको आलोचना गर्दै यसलाई कुनैपनि हालतमा स्विकार गर्न नसकिने स्पष्ट पारेको छ । अनलाइन खबर

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१