चौतर्फी विरोधपछि डण्डीको मूल्य घट्याे, अन्य निर्माण सामग्रीकाे मूल्य कहिले घट्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७७, शनिबार ०६:२८

काठमाडौं । केही महिना यता दिनप्रतिदिन बढ्दै गएको निर्माण सामग्रीको मूल्य एक सातादेखि भने घट्दै गएको छ । विशेष गरेर फलामजन्य डण्डी तथा स्टीलको मूल्य एक साता यता घट्दै गएको हो । दिनप्रतिदिन निर्माण सामग्रीको मूल्य बढ्दै गएपछि व्यवसायीहरुले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

व्यवसायीहरुले सरकारलाई निर्माण सामग्रीको मूल्य घटाउन अनुरोध गर्नेदेखि सामानको मूल्य नघटे आन्दोलन गर्ने चेतावनी समेत दिँदै आएका थिए । यसरी चौतर्फि रुपमा विरोध भएपछि नेपाली उद्योगहरुले अहिले फलामजन्य वस्तु स्टीलको मूल्य घटाएका हुन् । यद्यपी उनीहरुले अन्तर्राष्ट्रिय रुपमा नै सामग्रीको मूल्य घटेकोले नेपालमा पनि घटेको धारणा राखेका छन् ।

अहिले स्टीलको मूल्य प्रतिकेजी ७७ रुपैयाँसम्म पर्ने गरेको छ । बढेको समयमा प्रतिकेजी ८५ रुपैयाँसम्म पर्ने डण्डीको मूल्य अहिले ७७ रुपैयाँ पर्ने गरेको काठमाडौं स्टीलमा नायव महाप्रबन्धक बिशाल भट्टराईले बताए ।

‘केही महिनादेखि विभिन्न निर्माण सामग्रीको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै बढेको थियो, एक साता भयो डण्डीको मूल्य घटेको छ, एक साता अघि प्रतिकेजी ८५ रुपैयाँमा बिक्री हुने स्टीलको मूल्य अहिले हामी ७७ रुपैयाँमा बिक्री गरिरहेका छौं,’ भट्टराईले भने ।

नेपालमा उद्योगीले कार्टेलिङ गरेको भनेपनि भारतमा नै सामानको मूल्य बढेकोले नेपालमा बढाउनु परेको उनको भनाई छ । ‘सामानको मूल्य घट्ने र बढ्ने अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गर्छ, पहिले भारत वा अन्य ठाउँमा बढेको सामानको असर नेपालमा पर्न १ महिना समय लाग्थ्यो तर अहिले उता बढ्यो भने यता पनि त्यही समयमा बढी हाल्छ,’ उनले भने ।

‘१० दिनदेखि सामानको मूल्य घट्दै गएको छ, हामीले केजीमा ७/८ रुपैयाँ घटाएका छौं, यो रकम पर्चेजमै घटेको हो, हामीले पर्चेजलाई नै आधार बनाएर रकम तय गर्छौं, अस्तीको दरभन्दा आजको दिनमा ४० डलर तल झरेको छ,’ उनले भने । पर्चेजको आधारमा नै मूल्य घटबढ हुने उनको भनाई छ ।

केही दिनअघि विभिन्न निर्माण सामग्रीको मूल्यमा ५० प्रतिशतसम्मको वृद्धि भएका थियो । निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढेपछि व्यवसायी मात्रै होइन उपभोक्ता पनि ठूलो मारमा परेको भन्दै चौतर्फि रुपमा विरोध भएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले पनि डण्डीको मूल्य घटेकाे स्वीकार गरे । उनका अनुसार अहिले फलामजन्य वस्तु विशेष गरेर डण्डीकाे मूल्य केजीमा ८ रुपैयाँ घटेकाे छ ।

‘अहिले डण्डीको मूल्य केजीमा ८ रुपैयाँ घटेर आएको छ, अन्य निर्माण सामग्रीको मूल्य भने घटेको छैन, अन्य निर्माण सामग्रीकाे मूल्य पनि घट्नु पर्छ भन्ने हाम्राे माग हाे ’ सिँहले विकासन्युजसँग भने भने ।

यता ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि केही दिनयता सामानको मूल्यमा स्थिरता देखिएका बताए । सबैको चौतर्फि दवावपछि उद्योगीहरु मूल्य बढाउन रोकिएको उनको भनाई छ ।

यस्तै, निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दिपक श्रेष्ठले पनि डण्डीको मूल्य घटेको बताए । उनले भने अहिले प्रतिकेजीमा २ रुपैयाँ मात्रै घटेको बताए । पहिले डण्डीको प्रतिकेजी ९५ रुपैयाँ पर्थ्यो, अहिले ९२ रुपैयाँ पर्छ, २ रुपैयाँ मात्र घटेको छ,’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१