महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसविरुद्ध एपीएफ विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७७, शुक्रबार ०५:२४

काठमाडौँ। राष्ट्रिय महिला लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथो जित हात पारेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरिन ।जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो।

पुलिसविरुद्ध उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गरेकी थिइन । एपीएफविरुद्व पुलिसले गोल गर्ने अवसर शृजना गरेपनि गोल गर्न भने सकेन।

जितसँगै एपीएफ १२ अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित पुलिसले ४ खेलबाट ५ अंक बनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१