अमेरिकी राष्ट्रपति बाइडनको ट्विट फलोको पहिलो सूचीमा परिन यी सुन्दर मोडल (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७७, बिहीबार ०४:२६

एजेन्सी । अमेरिकाको राष्ट्रपतिको पदको शपथ लिएपछि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिको औपचारिक ट्विटर एकाउन्ट प्राप्त भयो । यो एकाउन्टबाट बाइडनले १२ जनालाई फलो गरेका छन ।

यो सूचीमा बाइडनकी पत्नी जिल बाइडन, उपराष्ट्रपति कमला हेरिसलगायत ह्वाइट हाउसका केही अधिकारीहरु रहेका छन । बाइडनले पहिलो पटक फलो गरेका १२ जनाको सूचीमा एक मोडलको नाम पनि समावेश छ ।

अमेरिकामा निकै चर्चित मानिएकी ती मोडल हुन, क्रिसी टीगेन । यीनले राष्ट्रपति बाइडनलाई फलो गर्न अनुरोध गरेकी थिइन । पूर्वराष्ट्रपति ट्रम्पले राष्ट्रपतिको औपचारिक एकाउन्टबाट ब्लक गरेको क्रिसी टीगेनले ट्विट गर्दै बताएकी थिइन । जसका कारण विगत ४ बर्षदेखि टीगेनले राष्ट्रपतिका ट्विटहरु देख्न पाइकी थिइनन् ।

क्रिसी टीगेनले आफ्नो दुख बताउँदै के राष्ट्रपति जो बाइडनले मलाई फलो गर्न सक्छन ? भनेर ट्विट गरेकी थिइन । यो देखेपछि बाइडनले तुरुन्तै फलो गरेका थिए । यसबाट क्रिसी र उनका १३.५ मिलियन फलोअरहरु निकै खुसी भएका छन ।

३५ बर्षीया क्रिसी टीगेन बर्षौंदेखि डोनाल्ड ट्रम्पको कटु आलोचकको रुपमा परिचित छिन । सन २०१७ मा क्रिसीले ट्विट गर्दै आफु ट्रम्पको कडा आलोचक भएको घोषणा गरेकी थिइन । त्यसपछि ट्रम्पले उनलाई ब्लक गरिदिएका थिए ।

राष्ट्रपति निर्वाचनको प्रचारका क्रममा क्रिसी र उनको परिवार जो बाइडनको पक्षमा देखिएका थिए । अप्रत्यक्ष रुपमा प्रचार पनि गरेकी थिइन । क्रिसी टीगेनकी आमा थाईल्याण्डकी हुन भने पिता अमेरिकी नागरिक हुन ।

क्रिसीले सन २०१० देखि मोडलिङ करिअरको शुरुवात गरेकी थिइन । क्रिसीले निकै छोटो समयमै राम्रो प्रसिद्धि कमाइन । खासगरी क्रिसी टीगेन टेलिभिजनका फुड शोहरुमा प्रस्तुत हुन्छिन । शोका क्रममा उनले आफलाई अन्य मोडालहरुभन्दा बढी फुडी भन्ने गर्छिन ।

क्रिसीले अहिलेसम्म थुप्रै टिभी कार्यक्रमहरु सञ्चालन गरिसकेकी छिन । उनले खाना पकाउने पाक शिक्षा सम्बन्धी २ वटा पुस्तकसमेत लेखेर प्रकाशित गरिसकेकी छिन ।

पेशाले मोडल क्रिसी टीगेन राजनीतिक र सामाजिक परिवर्तन प्रति निकै सक्रिय हुन्छिन । उनले आफुलाई महिला अधिकारवादी (फेमिनिस्ट) पनि भन्छिन र आफ्ना बच्चालाई पनि यही शिक्षा दिने बताउँछिन ।

LOS ANGELES, CALIFORNIA – SEPTEMBER 16: Chrissy Teigen attends Netflix’s special screening of “Between Two Ferns: The Movie” on September 16, 2019 in Los Angeles, California. (Photo by Rachel Murray/Getty Images for Netflix)

सन २०२० मा क्रिसी टीगेनको नाम निकै चर्चामा आयो । अश्वेत मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपछि तात्तिएको अमेरिकी माहौलका क्रममा मोडल क्रिसी टीगेनको चर्चा चुलिएको हो ।

फ्लोयड हत्याको विरोधमा चर्किएको विरोध प्रदर्शनका क्रममा थुप्रै प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका प्रदर्शनकारीहरुलाई मुक्त गराउन जमानत रकमको रुपमा क्रिसी टीगेनले २ लाख अमेरिकी डलर दान गरेको डेलीमेलले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१