तारेभिरका सुरेश लामालाइ मनास्लु वोर्ल्ड कलेज द्वारा नगद सहित सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०७७, बुधबार ०६:१८

काठमाडौं । स्थापनाको छोटो समयमा नै निकै चर्चा कमाएका मनास्लु वोर्ल्ड कलेज चाबहिल चुच्चे पाटीले सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का उपाधिका दावेदार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामालाइ सम्मान सहित भोटको लागि अपिल गरेको छ। सोमबार कलेजमा आयोजित एक कार्यक्रम बीच उनलाई कलेजले सम्मान सहित भोट अपिल गरेको हो ।

‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारा रहेको नेपाल स्टारको ‘वाई वाई’ चाउचाउले मुख्य प्रायोजन गरेको अनि नेपाल टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ३ का सुरेश लामालाइ जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् ।

आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाइएको देखिन्छ । सोमबार मनास्लु वोर्ल्ड कलेज चाबहिल चुच्चेपाटीले सुरेश लामालाइ टप ४ मा पुग्न सफल भएको मा बधाई दिदै नेपाल स्टार बन्नको लागि शुभकामना प्रदान गर्दै उनलाई बढी भन्दा बढी भोट गरि जिताउन समेत अनुरोध गरेको छ।

दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुरेशलाइ जिताउन सबैले सक्दो योगदान गर्न कलेजका प्रिन्सिपल राजन श्रेष्ठले अपील गरेका हुन् । कार्यक्रममा सुरेश लामालाइ कलेजको तर्फ बाट रु दशहजार रुपैया समेत सहयोग गरेको छ। मनास्लु वोर्ल्ड कलेजका अध्यक्ष गेंद्र लामा प्रिन्सिपल राजन श्रेष्ठले उक्त रकम बराबरको चेक सुरेश लामालाई हस्तान्तरण गरेका थिए । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001 मा पठाउन सकिनेछ । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । सुरेश वाई वाई नेपाल स्टारका काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१