नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७७, मंगलवार ०६:१५

काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन ।

दाहालसँगको भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूतले बेरीले जानकारी दिएका छन ।

भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरी महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्‍याएको बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१