इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७७, मंगलवार ०६:०१

इलाम । लकडाउनअघि सामान्य चर्चा कमाएका इलामका केही पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

नयाँ पहिचान बनाएका इलामका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्कीमा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढेको हो ।

इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य बनेको छ । विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल बढी हुन्छ । उस्तै उस्तै २ वटा झरना एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो ।

सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ । सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ ।

त्यस्तै सुटिङस्थलका रूपमा चर्चामा आएको पानीटारमा पनि पर्यटकको ओइरो लाग्ने गरेको छ । ‘मिनी कन्याम’का रूपमा विकास भइरहेको पानीटारमा चर्चित म्युजिक भिडियो ‘तीन पाते’को सुटिङ क्षेत्र हो । यहाँको केही अग्लो र केही होचो चियाबारीले जिल्लाभित्रका पर्यटकलाई बढी तानेको छ ।

चलचित्रको सुटिङपश्चात् झनै पर्यटकको उपस्थिति बाक्लिएको स्थानीय पर्यटनकर्मीको भनाइ छ । चलचित्रका लागि यो ठाउँको दृश्य खिचियो तर सामाजिक सञ्जालमा देखिन थालेपछि चलचित्र नसकी नै सोही क्षेत्र चर्चा आएको हो ।

चलचित्रबाट पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न पानीटार आएको तर, सामाजिक सञ्जालमा आएपछि पर्यटकको घुईंचो बढेको ‘कृष्णलीला’ चलचित्रका निर्माता केवल तामाङले भने । “चलचित्र रिलिज हुनुअघि नै पानीटारमा पर्यटक पुग्न थाले । अब चलचित्रमा समेत देखिएपछि त झनै बढ्छन् ।”

वनभोजस्थलका रूपमा विकास भइरहेको पानीटारमा छुट्टीमा झण्डै २०० पर्यटक एकै दिन पुग्ने गरेका छन् । यो क्षेत्रमा अझै पनि व्यवस्थित खाने र बस्ने ठाउँको अभाव छ । त्यसैले पर्यटक लामो समय रहन सक्दैनन् तर पर्यटकको चहलपहल बढ्न थालेपछि भौतिक संरचनाको निर्माणमा लागेको पर्यटनकर्मी पासाङ शेर्पाले बताए ।

त्यस्तै छिल्लो समय कहलिएको पर्यटकीय क्षेत्र हो इलाम नगरपालिकाको पाटेनागी । उच्च पहाडी क्षेत्रमा पर्ने यो क्षेत्र हिमाल हेर्न र स्थानीय परिकार चाख्न बढी पर्यटक पुग्ने गरेका छन् । पाटेनागीको केही तलसम्म कच्ची सडक पुर्याएपछि त झनै पर्यटकको चहलपहल बाक्लिएको छ । यो ठाउँमा दैनिक १५ देखि २० आन्तरिक पर्यटक पुग्ने गरेको राससले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१