जनसभामार्फत नेकपाभित्र गोप्य राखिएको विवादको ‘चुरो’ खोल्दै ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७७, मंगलवार ०५:५४

काठमाडौं । सत्तारुढ नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी माग २३ गते काठमाडौंमा जनसभा गर्दैछ । उक्त जनसभालाई प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

जनसभामा प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवादका गोप्य कुरा खोल्ने कार्यक्रमका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

जनसभामा यसअघि सार्वजनिक नभएका पार्टीभित्रका विविध पक्षलाई प्रधानमन्त्रीले जनतामाझ सार्वजनिक गर्ने श्रेष्ठले बताए । उनले ओलीले त्यही दिन मात्र त्यो कुरा खोल्ने तयारी गरेको बताए ।

नेकपाको अहिलेको परिस्थिति किन र कसरी आयो भन्ने विषयमा ओलीले गोप्य कुरा खोल्न लागेको श्रेष्ठको भनाइ छ । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि राजनीतिक रुपमा फुटेको नेकपामा आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१