काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।
प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री ओलीले पटक-पटक टिप्पणी गरेपछि उनीविरुद्ध अवहेलनाको निवेदन दर्ता भएको हो ।
अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेस गरेका हुन् । विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटक-पटक ओलीले अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले निवेदन पेस गरेका हुन ।
केही दिन अघि ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल अदालतमा बहसो नाममा तमासा गर्न गएको भन्दै टिप्पणी गरेका थिए ।
ओलीले ‘एकजना बाजे वकिलहरुलाई पनि लिएर गएछन् बहस गर्न, यो के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
ओलीमाथि कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
यसैबीच, बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ति निकालेर कानून व्यवसायीमाथि प्रधानमन्त्रीले निर्लज्ज व्यवहार देखाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया