प्रधानन्यायाधीशले मागे राजपत्रमा प्रकाशित सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७७, शुक्रबार ०४:५६

काठमाडौं । संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहीबारको सुनुवाइमा सूचना मागिएको हो ।

बिहीबारको इजलासमा संसद विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशननै नभएको विषय उठान भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सूचना माग गरेका हुन् ।

यसअघि बहरमा सहभागी अभिवक्ताहरु ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले यस विषयको उठान गरेका थिए । उनीहरुले संसद विघटन गरिएको सूचना राजपत्रमा प्रकाशितनै नभएको दावी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१