सुमन घिमिरे, उर्लाबारी । बिराटनगर घर भएकी बबिना भट्टराई ( खतिवडा ) को सांगितिक संघर्ष सुरु भईसकेको छ । ‘हँसाउछौ तिम्रै मर्जी, रुवाँउछौ तिम्रै मर्जी, आगो झोसी यो छातीमा, रमाउछौ तिम्रै मर्जी’ बोलको गित सार्वजनिक गरेसँगै उनले भनेकी छन् – ‘अब म सांगितिक क्षेत्रमै जिवन बिताउनेछु । ‘
खतिवडाको स्वर भरिएको यो डेब्यु गीत हो यो । बबिना भन्छिन् थप गितहरु रेकर्ड गराउँदैछु ,चाँडै नै बजारमा एलब्म लिएर आउनेछु । आफ्नो पहिलो गितलाई सोचेको भन्दा पनि धेरै राम्रो प्रतिक्रिया पाएपछि हर्षित हुँदै बबिना भन्छिन् – ‘मैले धेरै मेहनत गरेको छु र निरन्तर मेहनत गरिनै रहनेछु । ‘ २०६९ सालमा आशिष खतिवडासँग विवाह बन्धनमा बाँधिएकी बबिना बिवाह पछि पनि मेरो सांगितिक यात्रामा श्रीमान्को सधै साथ र सहयोग रहिरहेको बताउँछिन् । उनी भन्छिन् – ‘कहिलेकाँही त उहाँले नै मलाई नजानेको कुरा सिकाईदिनु हुन्छ , घरपरिवार सबैबाट हौषला पाएकालेनै अझै मलाई उत्प्ररेणा मिलेको छ । ‘
सानैदेखि गीतसंगित भनेपछि हुरुक्कै हुने बबिना आफूलाई नेपाली सांगितिक क्षेत्रमा स्थापित गराउँन चाहन्छिन् । सांगितिक क्षेत्रमा आउन शिक्षक युवराज पौडेलको प्रेरणा रहेको उनि बताउँछिन् । सरस्वती उच्च मावि इटहरामा अध्ययन गर्दा शिक्षक पौडेलले आफ्नो स्वरको प्रशंशा गरिदिएर सांगितिक क्षेत्रमा अघि बढ्न हौषला बढाईदिएको बबिनाको भनाई छ ।
गितसंगितलाई रहरको रुपमा नभएर जिवनको रुपमा लिने उनी चाहे जस्तो अवस्था आएपनि सांगितिक क्षेत्रलाई नछाड्ने उनको दाबी छ ।
प्रतिक्रिया