नेकपानिकट पत्रकार पनि विभाजित, दुवै समूहले बोलाए राष्ट्रिय भेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७७, बुधबार ०५:३८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट पत्रकारहरू पनि विभाजित भएका छन्। पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाका पत्रकारहरू पनि विभाजित भएर अलग अलग भेला आयोजना गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालनिकट समूहले मंगलबार प्रज्ञा भवन कमलादीमा भेला आयोजना गरेको छ। तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र मिलेपछि प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच पनि एकता भएको थियो। दुई संगठन एकता भएर बनेको प्रेस संगठनका संयोजक महेश्वर दाहालको नेतृत्वमा आज राष्ट्रिय सम्मेलन आयोजन गरिएको छ।

 

यो सम्मेलनमा दाहाल-नेपाल समूहसम्वद्ध पत्रकारहरू सहभागी भएका छन्। सम्मेलनअघि भृकुटीमण्डपबाट प्रतिगमनविरूद्ध भन्दै दाहाल-नेपाल समूहका पत्रकारहरुले र्‍यालीसमेत निकालेका छन्। यो सम्मेलनमा विभाजनपछिको अवस्थामा खाली भएका पदमा नियुक्त गर्ने पनि सम्भावना छ। यो भेलालाई दाहाल, नेपालसहितका नेताहरुले सम्बोधन गर्दैछ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरुले माघ ८ गतेलाई राष्ट्रिय भेला बोलाएका छन्। प्रेस संगठनकै नाममा एकताका क्रममा सह-संयोजक गणेश बस्नेतले राष्ट्रिय भेला बोलाएका हुन्। यो भेलामा देशभरबाट ओलीनिकट पत्रकारहरू सहभागी हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१