धम्क्याउँदै रकम असुली गर्ने ३ जना बागबजारबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०७७, मंगलवार ०४:५४

काठमाडौँ। प्रहरीले फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ परेका छन् ।

आइतबार साँझ काठमाडौँको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदीप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१