काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बोलाएको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सत्तारुढ नेकपाको राजनीतिक विभाजनको असर परेको छ । उक्त बैठकमा नेकपाको प्रचण्डमाधव समूहका २ मुख्यमन्त्री गयल भएका छन् ।
शुक्रबार बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट अनुपस्थित भएको हुन् । भट्ट यसअघि प्रधानमन्त्री ओली धनगढी गएका समयमा भेट्नसमेत गएका थिएनन् ।
समितिको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, बागमतीका डोरमणी पौडेल, गण्डकीका पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल सहभागी थिए । अनुपस्थित दुबै मुख्यमन्त्री तत्कालीन माओवादीका हुन् ।
प्रतिक्रिया