काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली, निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि गम्भीर आरोप लगाएका छन् ।
काठमाडौंमा नेपाल बुद्धिजिवी परिषद्को कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गनुअघि सर्वोच्च अदालत र निर्वाचन आयोगमा मिलेमतो गरेको अर्थात सेटिङ गरेको आरोप लगाएका हुन् ।
श्रेष्ठले अहिलेको प्रतिगमनले संविधाननै खानसक्ने भन्दै संवैधानिक निकायहरुले स्वतन्त्र रुपमा काम गर्नुपर्ने र कसैको दवावमा पर्न नहुने बताए । उनले संसद विघटनको व्याख्या गर्न अदालतलाई कुनै ठूलो समस्या नभएको बताए ।
तर, अहिलेको परिस्थिति र प्रधानमन्त्रीको अभिव्यक्तिहरुले गर्दा अदालत र आयोगमा पनि मिलेमतो छ कि भन्ने आशंका उब्जिएको श्रेष्ठले बताए ।
प्रतिक्रिया