यौनका विषयमा यस देशमा सरकारले जारी गर्यो अनौठो निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७७, शुक्रबार ०५:३५

एजेन्सी। विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि अहिले विभिन्न उपायहरु अवलम्बन गरिरहेका छन् । प्राय देशहरुले आफ्ना नागरिकका लागि विभिन्न निर्देशनहरु जारी गरिरहेका छन् ।

यस्तै, अष्ट्रेलियाले पनि कोरोना नियान्त्रणका लागि आफ्ना नागरिकाका लागि स्वास्थ्य मापदण्ड तथा निर्देशनहरु जारी गरेको छ । यसमा पनि रोचक त के छ भने अष्ट्रेलियाले यौनका विषयमा पनि निर्देशनहरु जारी गरेको छ ।

न्यु साउथ वेल्सको हेल्थ वेबसाइटमा प्लेसेफ का लागि दिइएको सुझाव तथा निर्देशनहरु देखेपछि व्यक्तिहरु अचम्ममा परेका छन् । उक्त निर्देशनमा स्वास्थ्य मापदण्डसहित यौन सम्पर्कका विषयमा उल्लेख छ ।

उक्त निर्देशनमा यौन सम्पर्कका विषयमा उल्लेख गर्दै सहवासका क्रममा जोडीले २ मिटको भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख छ । वेबसाइटमा सहवासका क्रममा जोडीले स्वास्थ्य सुरक्षाका कारण भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

उक्त वेबसाइटमा कोरोना संक्रमणको फैलावटभन्दा अगाडिदेखि नै नियमित यौन सम्पर्क गर्दै आएका जोडीहरुमा समस्या नभएपनि नयाँ जोडी खोज्ने क्रममा भौतिक दूरीको पालना गर्नु आवश्यक रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१