प्रचण्ड-माधव सडक संघर्षमा केन्द्रित, ओली समूह निर्वाचनको तयारीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७७, शुक्रबार ०५:२७

काठमाडौं । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले दुई समूह र दुई धार रहेको छ । एउटा पार्टी नेतृत्वको वर्तमान सरकारको समर्थनमा, अर्को विरोधमा ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको समूहले संसद विघटनको प्रतिरक्षा गर्दै छ । अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वमा सरकारको कदमविरुद्ध सडक संघर्षमा रहेको छ । तर, यी दुबै पक्षमा नरहेका उपाध्यक्ष बामदेव गौतम भने एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।

यस्तो परिस्थितिमा नेकपाको दुबै समूहको आज स्थायी समितिको बैठक बसेको छ, फरक फरक स्थानमा । ओली समूहले बालुवाटारमा अनौपचारिक छलफल गरेको छ । यता पेरिसडाँडामा प्रचण्ड-माधव समूहले औपचारिक बैठक गरेको छ ।

पेरिसडाँडामा प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकमा सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल भएको छ । उनीहरुको बैठक भोलि फेरि बस्नेगरी आजलाई सकिएको छ ।

यता, बालुवाटारमा भने ओलीले आफू निकटका स्थायी समिति सदस्यहरुलाई वैशाखमा हुने चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । ओलीले अब चुनावको विकल्प नभएको र संसद पुनःस्थापना नहुने बताउँदै निर्वाचनमा केन्द्रित हुन भनेका हुन् ।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव हुने भएकाले एकल बहुमतसहित पुनः सरकारमा रहनका लागि अहिल्यैदेखि चुनावी तयारीमा लाग्न नेताहरुलाई भनेका छन् । पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ आफूहरुलेनै पाउने भन्दै ओलीले नेताहरुलाई जनतामा जान भनेका बालुवाटार पुगेका एक स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१