काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चाडपर्वले एकापसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भावसहितको एकतालाई अझ बलियो गरी स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै खनालले भनेका छन्, “यस्ताखालका चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्नेछ । साथै, एकापसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भावसहितको एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ भन्ने मलाई विश्वास लागेको छ ।’’
उनले विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
नेकपाका वरिष्ठ नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुन पनि आग्रह गरेका छन् । उनले प्रतिगमनविरुद्ध एकजुट भई अगाडि बढ्न पार्टीपंक्ति र आम जनतालाई यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिक्रिया