विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७७, बिहीबार ०५:२५

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुर प्रहरीको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई गिम्दीबाट पक्राउ गरेको हो ।

ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको कारबाहीमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार पक्राउ परेका अन्य तीन जनामा विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाल रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१