निर्वाचन आयोगलाई धम्क्याउन पुगेका प्रचण्ड-माधव समुहलाई लाग्यो झड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७७, मंगलवार ०४:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गर्नुभएको हो । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निर्क्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले भन्नुभयो , ‘संसद विघटन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै संसद विघटन भएको अवस्थामा निर्वाचनसम्बन्धी काम अदालतको फैसला नआउँदासम्म रोक्नुपर्छ भनेर हामीले भनेका छौं।’

यता प्रचण्ड नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ। आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ । सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१