नेकपा देशमा टुकि बालेर खेाज्नु पर्ने बेला आयो : नेता जगद्विश्वर नरसिंह केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७७, आईतवार ०६:२६

नुवाकोट ।  नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद , युवा नेता जगदीशश्वर नरसिंह केसीले अब देशमा नेकपा टुकि बालेर खेाजन्नु पर्ने वताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश “क” ले तादि गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले पाहिला के पि शर्मा वलि ओलीले कांगे्सलाई भन्नु हुन्थ्येा अव ने क पा नै देश बाट बिलाएर जाने उहाँले बताए।देशकेा जस्तेा सुकै शक्तिशाली भनैदा पाटि नि नेपालि कांगे्स संग टिकन्न नस्कने ,उहाँले जेाड दिनुयेा।त्यस्तै अव पनि चुनाव नगराए के पि वलि लाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् । ‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई/तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने ।नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलेाकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे । ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो । अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।ने क पा केा आफ्नै बिवाद वाट गुजरीएर नेपालि जनतालाई प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१