काठमाडौं। कपन राममन्दिर खानेपानी उपभोक्ता समितिको सातौँ बार्षिक सभा सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले कपन राममन्दिर खानेपानीको आयोजनाको डिप बोरिङमा बिजुलीको स्वीच अन गरी उद्घाटन गरिएको साधारण सभामा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राई, नेकपा केन्द्रीय सदस्य तथा बुढानीलकण्ठ नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी,नेकपा बुढानिलकण्ठ सचिव प्रदिप डंगोल सहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
खानेपानी उद्घाटन समारोहपछि कपन राममन्दिर खानेपानी उपभोक्ता समितिको सातौँ बार्षिक सभालाई सम्बोधन गर्दै डा. भट्टराईले मेलम्ची खानेपानी परियोजना आउनुअघि तत्कालको स्थानीय आवश्यकता पुर्याउन यस किसिमका परियोजनाले सहयोग पुर्याएको बताएका थिए ।
बुढानीलकण्ठ नगरपालिका वडा न. ११ का वडाध्यक्ष राजु अधिकारीले सभालाई सम्बोधन गर्दै भने, २७ जना घरधुरीबाट जनही १५ हजार उठाएर २०६९ सालमा स्थापना गरिएको समितिले हाल ४ सय घरधुरीलाई खानेपानी उपलब्ध गराएको जानकारी दिएका थिए ।
प्रतिक्रिया