मुक्तिनाथ बैंकको चौधौं वार्षिक साधारण सभा, १५.५० प्रतिशत लाभांस वितरण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७७, आईतवार ०५:५५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६÷०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले स्वागत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

साथै, बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी हुनु भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१