अर्गानिक खानाका पारखीहरुको पहिलो रोजाई ‘सिता अर्गानिक’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७७, शुक्रबार २१:४८

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू पुनः चर्चित हुँदै गइरहेका छन्।

नेपालीको खानपान शैलीमा धेरै परिवर्तन आएको छ। खासगरी बजारबाट तयारी खानेकुरा किनेर खाने प्रचलन राम्रो÷नराम्रो के हो भन्ने विषयमा धेरैले चासो दिन थालेका छन्। अर्गानिक खानाको परिकार पस्किने होटल तथा रेस्टुरेन्टलाई अहिले भ्याइनभ्याइ छ। अर्गानिक खाना खानुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ। केही वर्षअघिसम्म तरकारी तथा खाद्यन्नमा अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन बढाइन्थ्यो भने अहिले क्रमशः अर्गानिक खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

अर्गानिक खाद्य स्टोर, अर्गानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिसोर्ट र रेस्टुरेन्टहरु व्यापक खुलेका छन्। खाद्य तथा तरकारी, फलफूलमा अत्यधिक विषादी प्रयोगका कारण क्यान्सर तथा अन्य रोगको शिकार हुनुपर्दा उत्पादकहरुमा पनि चेतनामा वृद्धि हुँदै गएको छ। यस्तै अर्गानिक खानाका पारखीहरुका लागि काठमाडौंको माकल बारीमा सिता अर्गानिक स्टोर खुलेको छ । यो अर्गानिक स्टोर सिता थापा भट्टराईले खोलेकी हुन् । भट्टराई कुनै समय आफै क्यान्सर जस्तो प्राणघातक रोगले ग्रसित थिइन् । आफु अर्गानिक खाना तथा जडीबुटी जन्य उत्पादनका कारण आज स्वस्थ हुन् पुगेको उनको भनाइ छ । अर्गानिक जमराको जुस सेवनबाट क्यान्सर जस्तो प्राणघातक रोगबाट छुटकारा पाएको बताउने सिता जीवन र मरणको दोसाधमा पुगेपछि अर्गानिक खानाको महत्व बुझेको बताउनु हुन्छ । सिता अर्गानिक स्टोर मिठास,स्वच्छता एवं पूर्ण आर्गानिक खानाहरुको भण्डार हो । देशका कुना कुनामा उत्पादन भएका आर्गानिक वस्तुहरु सिता अर्गानिकमा उपलब्ध हुन्छन । पुर्व मेची देखि पश्चिम महाकाली  सम्मका दुर्लभ उत्पादनहरु सिता अर्गानिकमा उपलब्ध छन । हिमाल पहाड तराई तिनै भेगका उत्कृष्ट उत्पादनहरु सिता अर्गानिकमा सजिलै पाउन सकिन्छ ।

जैविक जमराको जुस ,विभिन्न स्थानमा उत्पादित भिर मह ,मुस्ताङको स्याउ,भाङ, चियासिड ,चिनो ,कागुनो ,सिलाम , हिमाली हरियो चिया ,सेतो चिया ,आलस ,बिरे नुन ,गुद ,धनिया ,जिरा ,मेथी मुंगरेला,भटमास ,काबुली चना ,मकै ,सेतो तिल ,जुम्ली सिमि,कालो मुसुरो ,फर्सीको बियाँ ,ड्राइ फ्रुट्स ,रातो च्याउ ,अचारहरु ,सातु ,जुम्ली मार्सी ,चौरीको घिउ लगायत धेरै उत्पादनहरु सिता अर्गानिक स्टोरमा पाउन सकिन्छ ।  यसका साथै शुभ कार्य ,भोज तथा सेमिनारहरुका लागि शुद्ध अर्गानिक चिनी तथा मिसावट रहित मिठाइहरु तथा केक पनि तयार गरिने गरिएको भट्टराई बताउनु हुन्छ । प्राकृतिक चिकित्सा बिधिमा विश्वास राख्ने हरुका लागि आयुर्वेदिक चिकित्सकले परामर्स दिने सुबिधा पनि रहेको भट्टराई बताउनु हुन्छ । सिता अर्गानिक स्टोरबाट सामान अर्डर गरेमा घर सम्मै निशुल्क  डेलिभरी गरिदिने सुबिधा पनि उपलब्ध रहेको भट्टाराईले जानकारी दिनु भयो

सिता अर्गानिक स्टोरमा सम्पर्कका लागि निम्न लिखित फेसबुक पेजमा सिधा सम्पर्क गर्न सकिन्छ  https://www.facebook.com/SitaOrganic/  तथा https://www.facebook.com/sita.thapa.1481  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१