अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७७, शुक्रबार ०४:०५

दैलेख। अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले विभिन्न व्यतिहरुलाई ठगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सीइओ) बताउँदै उनले आफ्नो अमेरिकाको भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै विभन्न व्यक्तिसँग ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१