एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा हरेकपल्ट २० रुपैयाँ शुल्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७७, शुक्रबार ०४:००

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण निःशुल्क भएको अन्तर बैंक एटिएम सेवाको प्रयोगमा अब शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई परिपत्र जारी गर्दै अब शुल्क लिनका लागि भनेको छ ।

परिपत्रमा एउटा बैंकको एटिएमको प्रयोग गरी अर्को बैंकबाट पैसा निकालेमा प्रतिपटक २० रुपैयाँ शुल्क लिनका लागि राष्ट्र बैंकले भनेको छ । परिपत्रमा महिनामा दुईवटा कारोबार निःशुल्क गर्न र अरु कारोबारमा प्रतिपटक २० रुपैयाँ लिन भनिएको छ ।

यसअघि विश्वभर महामारीको रुप लिएको कोभिड नेपालमा पनि देखिएपछि बैंकहरुले अन्तर बैंक एटिएमको प्रयोग निःशुल्क गरेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१