केपी ओली ‘राजनीतिक क्यान्सर’ हुन् : डा. भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७७, बिहीबार ०४:३०

काठमाडौँ। जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि रहेर समग्र व्यवस्थामाथि नै ‘कू’ गरेको आरोप लगाएका छन ।

संसद विघटनविरुद्ध काठमाडौँमा भएको कार्यक्रममा नेता भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘राजनीतिक क्यान्सर’ भएको समेत आरोप लगाए ।

उनले भने, ‘नेकपाभित्र पलाएका क्यान्सरलाई पालेर राख्नुभयो भने तपाइँलाई त खान्छ खान्छ, यो राजनीतिक क्यान्सरले हामीलाई पनि खाने खतरा हुन्छ ।’

हेरौँ भिडियो

यसैबीच कार्यक्रममा कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको तर्क गरे । बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको भन्दै उनले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन जारी रहेको तर्क गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१