पश्चिमि वायुको प्रभाव, बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७७, मंगलवार ०५:५२

हुम्ला । पश्चिमि वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म माैसममा बदली हुनुका साथै पानी पर्ने सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको हो । हिमपात भएसँगै चिसो बढेको छ ।

तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१