नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) लाई राज्यले वेवास्ता गरेको आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार ११:५९

काठमाडौं,५ असोज ।  नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले आफ्नो स्थापनाको ११ औ वार्षिक साधारण सभा मनाएको छ।
राजधानीमा शनिबार एक कार्यक्रम विच एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठले पर्यटन क्षेत्र थोरै लगानी र मेहनतमा पनि प्रयाप्त प्रतिफल प्राप्त हुने सरकार र नीजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकासमा लाग्नुपर्ने बताए।
राजधानी लगायतका अन्य क्षेत्रमा पर्यटक बसका लागि पार्किङको ठूलो समस्या रहेको भन्दै पूर्व पर्यटन मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले पर्यटन विकासमा पर्यटक यातायात व्यवसायीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै सरकारले व्यवसायीहरुलाई हतोत्साही भन्दा पनि प्रोत्साहित गर्ने खालका नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए।10711197_356686397814794_1354591250_n
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले व्यवसायीहरुकोसमस्या सम्बोधनमा मन्त्रालय तयार रहेको बताए। उनले केही नीतिगत समस्याका कारण पर्यटक पर्यटक यातायातका लागि आवश्यक सहयोग गर्न नसकिएको भन्दै मन्त्रालयले यस विषयमा गृहकार्य गरिरहेको पनि बताए ।
एनटीभीएका अध्यक्ष रामशरण कार्कीले पर्यटक यातायात व्यवसायीहरुको समस्या सम्बोधनमा सरकारले कुनै पनि चासो नदेखाएकोमा गुनासो व्यत्त गरे। उनले आफूहरुले आफ्नो ठाउँबाट  देशको आर्थिक विकासमा मदत गर्दै आएपनि राज्य भने आफूहरुको भूमिकालाई बेवास्ता गरेको बताए।
अध्यक्ष कार्कीले सरकारले तत्काल  पर्यटक सवारीका लागि पार्किङको व्यवस्था र पर्यटकीय सवारी खरिदमा विशेष छुटको व्यवस्था गर्न माग गरे।
कार्यक्रममा ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियाले रातो नम्बर प्लेटका सवारीमा पर्यटक बोक्दा राज्यका विभिन्न निकायबाट अनावश्यक दुःख दिने गरेको बताउँदै यो विषयलाइ तत्काल सम्बोधन गर्न आग्रह गरे।
ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले पार्किङको व्यवस्थागर्न नसक्ने सरकारलाइ पर्यटक सवारीबाट कर लिने अधिकार नभएको बताए।
लामो समयदेखिको पोखराको पर्यटक बसपार्क अहिले अर्कैले हड्पेको भन्दै अध्यक्ष धमलाले तत्काल पर्यटक बस पार्क गर्ने व्यवस्था मिलाउन मन्त्रलायसँग आग्रह गरे।
कार्यक्रममा हिमालय उद्धारसंघ (एचआरए),नेपाल पर्वतारोहण संघ(एनएमएं) नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ) र गाउँ पर्यटन प्रवद्र्धन मञ्च –भिटोफ) नेपालका नयाँ कार्यसमिति सदस्यहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा टुर्गानका अध्यक्ष हरेराम बराल, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, एनएमएका अध्यक्ष आङछिरिङ शेर्पा, भिटोफ नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ, टिजेएफ नेपालका अध्यक्ष शिव अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी हरि धरेल लगायतक व्यवसायीहरुको सहभागिता थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१