पाचौँ निर्यात दिवस : मुल्य बढन गई प्रतिस्पर्धामा समस्या आएको निर्यात व्यवसायीको भनाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७७, मंगलवार ०५:२९

काठमाडौं । पाचौँ निर्यात दिवसको अवसर पारेर नेपाल निर्यात परिषदले पत्रकार सम्मेलन आयोजना गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सहआयोजनामा सोमबार आयोजित कार्यक्रम परिषदका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसर माझ परिषद अध्यक्ष कार्कीले नेपालमा निर्यातको स्थिती, विगतको अवस्था र प्रबर्धनका लागि गर्नुपर्ने प्रयासका बिषयमा प्रकाश पार्दै राष्ट्रको समग्र आर्थिक विकासका लागि निर्यात प्रबर्धनको आवश्यकता एवम् अपरिहार्यता रहेको औंल्याए ।फोटो विवरण उपलब्ध छैन।

अध्यक्ष कार्कीले निर्यात दिवस मनाउनुको औचित्य बारे प्रकाश पार्दै निर्यात प्रवर्धन लक्षित कार्यक्रमले निर्यातकर्ता बीचमा एकता कायम गर्दै एक्यबद्धता प्रकट गर्दै अघि बढन, आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन पहल गर्न, निर्यात प्रबर्धनका लागि सरकारसँग हातेमालो गर्न, प्रतिस्पर्धा क्षमता अभिब्रिद्धी गर्न, अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तुको प्रबर्धनमा जोड लगाउन सघाउ पुग्ने उल्लेख गरे ।

छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, table तथा  घरभित्र
साथै, चर्को भाडाका कारण नेपाली उत्पादनको मुल्य बढन गई प्रतिस्पर्धामा समस्या हुने गरेको जनाउदै निर्यात गर्न लागिएको वस्तुलाई बिना रोकतोक पठाउने गरि सहज वातावरण निर्माणका लागि सरकारले कदम चाल्नुपर्ने बताए । अध्यक्ष कार्कीले नेपालको निर्यात बजारलाई गुणस्तमुखी बनाउन बैँकहरुको चर्को ब्याज घटाउनुपर्ने, कामदार अभावको समस्या सुल्झाउन पहल गर्नुपर्ने, कच्चा पदार्थको अभाव हुन नदिने र बजारीकरणका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने विषयलाई केन्द्रित गरी निकासी दिवस मनाउन लागिएको बताए ।

त्यसैगरि, परिषदका प्रथम उपाध्यक्ष रेशम बहादुर पोखरेलले निर्यात प्रबर्धन बेगर बढदो आयातलाई रोक्न नसकिने बताउदै निजी क्षेत्र र सरकारको संयुक्त प्रयासबाट मात्रै निर्यात फस्टाउन सक्ने उल्लेख गरे । सो अवसरमा परिषदका महासचिव रामशरण थपलियाले निर्यात दिवसको अवसर माझ परिषदले प्रत्येक बर्ष विविध प्रबर्धनात्मक कार्यक्रमको आयोजना गर्दै आएको जानकारी गराउदै निर्यात प्रबर्धनमा संचार माध्यमले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल निर्यात परिषदका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, व्यापार तथा निकासी प्रबर्धन केन्द्रका अधिकारी , हस्तकला महासंघका पदाधिकारी, बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, table तथा  घरभित्रछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, table तथा  घरभित्रछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, घरभित्रछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  सुटछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, people dancing तथा  घरभित्रछविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, people dancing तथा  घरभित्रछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरूछविमा समावेश हुनसक्ने: १३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: १६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१