संसद् विघटनविरुद्ध थप आन्दोलन गर्ने कांग्रेसको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७७, सोमबार ०५:०२

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न कांग्रेसले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१